२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको बताएका छन्।
पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट पलायन नहुने तर पदलोलुप पनि नभएको सन्देश प्रवाह गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
अध्यक्ष दाहालले भने, आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन, मेरो नेचर पनि होइन। तर पदलोलुपता पनि मेरो स्वभाव होइन,।
नेतृत्वबारे बहस चलिरहेको सन्दर्भमा उनले आफू पदमा टाँसिरहन नचाहेको तर जिम्मेवारीबाट भाग्ने पक्षमा पनि नरहेको दोहोरो कुरा गरेका छन् ।
नेतृत्व हस्तान्तरणका बारेमा स्पष्ट संकेत दिँदै प्रचण्डले भने, नेतृत्व सधैं अध्यक्षकै हातमा रहनुपर्छ भन्ने होइन। कसैलाई टिको लगाएर नेतृत्व निर्माण हुने कुरा होइन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij