Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नारायणकाजीले मागे कार्यबाहक अध्यक्षको जिम्मेवारी

नारायणकाजीले मागे कार्यबाहक अध्यक्षको जिम्मेवारी


  • 1.0K
    Shares

    नारायणकाजीले मागे कार्यबाहक अध्यक्षको  जिम्मेवारी
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमाआफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् ।

    गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।

    महाधिवेशनसम्म कार्यबाहकको रुपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेतृत्व गर्ने र त्यसपछि प्रचण्डसहितका सबै पदाधिकारी नेतृत्वमा नआउने उनको प्रस्ताव छ ।

    हाल रहेका पार्टीका सबै पदाधिकारी निर्देशक समितिमा बदलिनुपर्ने उनको आग्रह छ । मंसिरमा हुने महाधिवेशनबाट पुरै नयाँ नेतृत्व ल्याउने उनको प्रस्ताव छ । 

     

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १५:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij