Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

ईश्वर पोखरेललगायतका नेताहरूसँग ‘वान टु वान’ छलफलमा केपी शर्मा ओली, तत्काल पार्टीको बैठक नबोलाउने

ईश्वर पोखरेललगायतका नेताहरूसँग ‘वान टु वान’ छलफलमा केपी शर्मा ओली, तत्काल पार्टीको बैठक नबोलाउने

  • 2.0K
    Shares

    • images
    ईश्वर पोखरेललगायतका नेताहरूसँग ‘वान टु वान’ छलफलमा केपी शर्मा ओली, तत्काल पार्टीको बैठक नबोलाउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेको र त्यो छलफल सकेपछिमात्र पार्टीको बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताएका छन् ।

    अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्‍मा अर्याललगायतसँग छलफल गरेका हुन् ।

    गौतमले भने, ‘अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ’,‘सबैको एक मत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ ।’

    भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक अवस्था बदलिएको छ भने आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । 

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १५:२१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij