Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ


  • 5.2K
    Shares

    प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

    सुनसरी । सुनसरीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

    ईनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् ।

    अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij