२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।
कार्यवाहक सभापति डीपी अर्यालले आव्हान गरेको केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुसार बैठकमा ७ वटा एजेण्डा तय गरिएका छन् ।
समसामयिक राजनीतिक अवस्थालगायतको विषयमा सुरूमा नेतृत्वबाट ब्रिफिङ हुनेछ । त्यस्तै प्रदेश बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूले प्रस्तुत गर्ने छन् । परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा लिइनेछ । पार्टी संगठन एवं विभाग, आगामी प्रतिनिधिसभा चुनावको रणनीति, महाधिवेशन र विविध विषयमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij