Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति


  • 1.8K
    Shares

    वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् । 

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८२ साउन १ गतेदेखि भदौ मसान्तसम्म उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् । 

    गएको भदौमा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांकले देखाउँछ । भदौमा श्रम स्वीकृति लिनेमा ५९ हजार ९२३ पुरुष र आठ हजार ४९ महिला छन् । 

    गएका साउनमा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ जना महिला गरी कुल ६८ हजार ११० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

    गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ हजार १४ जना बढीले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १६.२४ प्रतिशतले वृद्धि भएको छ । 

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १६:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij