Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या


  • 2.6K
    Shares

    नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

    काठमाडौं ।  नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

    काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

    सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

    हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ । तामाङ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका थिए । जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाँय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो ।

    श्रीमती जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका सन्तबहादुर हत्यापछि फरार भएको स्थानीयले बताए । मृतकका ११ वर्षिय छोरा र ३ वर्षिया छोरी छन् । प्रहरी घटनास्थल पुगिसकेकाले थप विवरण प्राप्त हुन बाँकी छ ।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १६:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij