Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कोरला नाका सञ्चालनमा, नेपाल भित्रिए २०९ वटा विद्युतीय सवारी, ३४ करोड राजस्व संकलन

कोरला नाका सञ्चालनमा, नेपाल भित्रिए २०९ वटा विद्युतीय सवारी, ३४ करोड राजस्व संकलन


  • 862
    Shares

    कोरला नाका सञ्चालनमा, नेपाल भित्रिए २०९ वटा विद्युतीय सवारी, ३४ करोड राजस्व संकलन

    काठमाडौं । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल-चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

    भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जानकारी दिएको छ । 

    विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

    कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ  भने नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरिएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १४:४१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij