Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नेपाली खेलाडीलाई यूएईले दियो भिसा, भोलि उड्ने

नेपाली खेलाडीलाई यूएईले दियो भिसा, भोलि उड्ने


  • 1.4K
    Shares

    नेपाली खेलाडीलाई यूएईले दियो भिसा, भोलि उड्ने

    काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ । यसअघि  अस्वीकार गरेको भिसा आज दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार (असोज ३) शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान(ले बिहीबार नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले भिसा नपाउँदा समस्या भएको थियो ।

    “नेपाल क्रिकेट संघको आयोजनामा सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालन हुने नेपाल र वेस्ट इन्डिजका राष्ट्रिय क्रिकेट टोलीहरुबीचको युनिटी कप टि ट्वान्टी इन्टरनेशनल खेलहरुको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भिसा प्राप्त भइसकेको बेहोरा जानकारी गराइन्छ,” लामाले भनेका छन्, “साथै नेपाली क्रिकेट टोली असोज ६ गते यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।”

    Caan.jpg

    images
    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १४:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij