२०८२ माघ १२ गते सोमवार
चितवनको इच्छाकामना गाउँपालिका-६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ।
जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ। यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको छ।
वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij