Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, क्यानले थालिसक्यो टिकट बुकिङ

नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, क्यानले थालिसक्यो टिकट बुकिङ


  • 1.3K
    Shares

    नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, क्यानले थालिसक्यो टिकट बुकिङ

     काठमाडौं । यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो ।

    नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन गरे पनि अहिलेसम्म पाएका छैनन् । शुक्रबार नेपाली क्रिकेट टीम यूएई प्रस्थान गर्ने तालिका भए पनि भिसा नआएकाले रोकिएका छन् ।

    नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । यूएईको बोर्डबाट भिसा प्राप्त हुने प्रत्याभूति गराइएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने, ‘भिसा आउने कुरामा निश्चिन्त छौं, वेस्ट इन्डिजसँसगको सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ ।’

    लामाले आजभोलिमै खेलाडीहरूले भिसा प्राप्त गर्न सक्ने आशा व्यक्त गरे । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो ।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १२:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij