Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

तरकारी बोक्ने गाडीबाट तीन क्विन्टल गाँजा बरामद, चालक फरार

तरकारी बोक्ने गाडीबाट तीन क्विन्टल गाँजा बरामद, चालक फरार


  • 883
    Shares

    तरकारी बोक्ने गाडीबाट तीन क्विन्टल गाँजा बरामद, चालक फरार

    काठमाडौं । शनिबार राति रौतहट प्रहरीले लागुऔषध रगाँजासहित गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट खटि गएको  प्रहरी टोलीले राति मोतिपुर सडक खण्डबाट २६ वटा पोकामा राखिएको ३ सय ३४ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

    मोतिपुरबाट भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड भएको गाडीबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता,प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।  

    प्रहरीलाई देख्ना साथ गाडी  चालक भागेपछि प्रहरीलाई शंका लागेर जाँच गर्दा तरकारी भित्र लुकाएर राखिएको २६ वटा पोकामा ३३४ किलो लागुऔषध गाँजा भेटिएको प्रवक्ता कार्कीले बताएका छन् । 

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १२:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij