Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै

बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै


  • 1.3K
    Shares

    बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको दुईवटा अस्पतालमा उपचार हुँदै

    काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका–१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

    ७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

     बस  चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।

    ग्रिन सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः

    १.सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)

    २. टेक बहादुर गुरुङ, ५८ वर्ष (गोरखा अरुघाट गाउँपालिका–८)

    ३.सन्दिप राई, १९ वर्ष (नुवाकोट, विदुर नगरपालिका–३)

    ४.सृजना गुरुङ, २९ वर्ष (धादिङ, नीलकण्ठ–१४)

    ५. शर्मिला तामाङ, २२ वर्ष (नुवाकोट ककनी गापा–६)

    ६. संगिता तामाङ, २४ वर्ष (नुवाकोट ककनी–६)

    ७. गिता ढकाल, ३५ वर्ष (नुवाकोट शिवपुरी गाउँपालिका–५)

    सिल्भर लाइन अस्पतालमा उपचारार्थ घाइतेहरूको विवरण आएको छैन । 

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - ११:४३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij