Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सबैजसो विदेशी मुद्राको भाउ घट्यो, आज कुनको भाउ कति ?

सबैजसो विदेशी मुद्राको भाउ घट्यो, आज कुनको भाउ कति ?


  • 645
    Shares

    सबैजसो विदेशी मुद्राको भाउ घट्यो, आज कुनको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबै जसो विदेशी मुद्राको विनिमयदर घटेको छ। यी सबै मुद्राको मूल्य शुक्रबार पनि बढेको थियो। 

    आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा थियो। यही भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो। 

    त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा छ। हिजो युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा थियो। 

    त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा थियो। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा थियो। 

    आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा थियो। 

    प्रकाशित मिति :आश्विन ४ २०८२ शनिवार - ०५:४९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij