२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।
असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौंमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो ।
मधेसीहरुमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रुपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशव झाले बताए। अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनःलेखन गर्नुपर्ने माग गरे। संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने बताए।
उनीहरुले असोज ३ कालो दिन, ब्ल्याक डे लगायतका प्लेकार्ड बोकेर संविधानको विरोध गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij