Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन


  • 1.0K
    Shares

    पुँजीबजार सुधारका लागि  चार सदस्यीय कार्यदल गठन
    images

    काठमाडौं । पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। 

    पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। 

    कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्ने भएको  छ। नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल निर्माण भएको छ । 

    कार्यदलको सदस्यहरुमा नेपाल स्टक एक्सचेञ्जका कामु कार्यकारी निर्देशक निरन्जन फूयाँल, नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव टंक प्रसाद पाण्डेय रहेका छन्। 

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १३:४२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij