२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताएका छन्।
अरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भएपनि त्यो सत्य नभएको बताएका छन्। जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न लाग्न आह्वान गरेका छन् ।
अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij