Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक


  • 1.3K
    Shares

    जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक
    images

    काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण आगजनी र तोडफोडबाट ध्वस्त बनेको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो । 

    जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

    बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको उनले बताएका छन् ।

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १५:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij