Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत

यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत


  • 1.3K
    Shares

    यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका सहितको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र काजकिरिया खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । 

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिएका छन् ।अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ  भने मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि  केहि प्रक्रिया पुरा गनु पर्ने देखिएको छ ।

    उक्त निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’

    मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ र मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउने भएको छ ।

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १४:०७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij