Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई


  • 1.0K
    Shares

    आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् ।

    उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताएका छन्। तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका खेल्नुपर्ने बताएका छन्। पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताएका छन्।

    पुराना पार्टीहरुमा अझै पनि पुराना नेताहरुकै उकुसमुकुस रहेको बताएका छन्। आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहनुभएका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गरेका छन् ।

    अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरुले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् ।

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ११:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij