२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । दोलखामा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु तीन घाइते भएका छन ।
दोलखाको बिगु गाउपालिका ६ शेर्पा आलम्पुमा पर्ने कच्ची सडक खण्डमा प्रदेश १-०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा विगु ६ आलम्पुका वर्षिया ५५ को मकर थामी रहेका छन्। घाइतेहरूमा सोही स्थानका ३५ वर्षिया कुबेर थामी, ५७ वर्षिया पल ब.थामी, १५ वर्षिया आशिष थामी रहेका छन्।
घाइतेहरुलाई उपचारको लागि सिंगटी लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij