Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

साढे २० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति

साढे २० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति


  • 582
    Shares

    साढे २० महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति
    images

    काठमाडौं । नेपालसँगको विदेशी मुद्रा सञ्चिति २८ खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असार मसान्तमा कुल सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । 

    त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । 

    पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १२:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij