Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मधेस प्रदेश सभामा तोडफोड र आगजनीबाट करिब ३० करोड बराबरको क्षति

मधेस प्रदेश सभामा तोडफोड र आगजनीबाट करिब ३० करोड बराबरको क्षति


  • 1.0K
    Shares

    मधेस प्रदेश सभामा तोडफोड र आगजनीबाट करिब ३० करोड बराबरको क्षति
    images

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उक्त क्षतिबारे सभामुख रामचन्द्र मण्डलले बताएका हुन्।

    उनका अनुसार प्रदेश सभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन् ।

    तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको सभामुख मण्डलले जानकारी दिएका छन् ।

    प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको सचिवालयले जनाएको छ । सभामुख मण्डलले आफू हाल जनकपुरधाम बाहिर रहेको जानकारी दिँदै फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १५:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij