२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले स्थापना गरेको पार्टीसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत भावुक हुँदै उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका हुन्।
पार्टीभित्रको आन्तरिक कलह, पदका लागि हुने विवाद र आफूप्रतिको व्यवहारले आजित भएको उनले बताएका छन्।
उनले भने, चौधरीका अनुसार, पार्टीको पछिल्लो बैठकमा उनलाई ‘कानुनी हैसियत नभएको व्यक्ति’ भन्दै बैठकमा उपस्थित गराउन नसकिने कुरा बारम्बार उठाइएको थियो। यही घटनाले उनलाई पार्टीबाट अलग हुन बाध्य बनायो। ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छु। म अब त्यो पार्टीमा हुन्नँ, म आजबाट अलग अभियानमा छु,’।
चौधरीले राजनीतिक यात्रा नरोक्ने स्पष्ट पारेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij