Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, शपथ आजै

सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, शपथ आजै


  • 2.0K
    Shares

    सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, शपथ आजै

    काठमाडौं । पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ। प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेकोह ो। 

    सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।

    राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।  

    कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा बाहिर जान नसक्ने बताएकी थिइन्।  कार्की पहिलो महिला प्रधान्यायाधीश हुन्। 

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १९:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij