Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति

संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति


  • 1.3K
    Shares

    संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् ।

    राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने अन्योल छ ।

    संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर पठाएपछि राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ।

    सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ ।

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १५:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij