Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल


  • 1.1K
    Shares

    नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल

    काठमाडौं । ललितपुरको नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।

    जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका छन् ।

    तर नक्खु कारागार प्रशासनले नै सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु र कैदीलाई सम्पर्कमा आउन भनेको छ । यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १४:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij