२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोडमा उत्रिएका छन् ।
कैदीले जेलको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले बताएका छन् ।
कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् भने आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ ।
नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij