२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्,’।
खतिवडाले भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij