Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेनजी आन्दोलनमा गोरखाका ३ युवाको मृत्यु

जेनजी आन्दोलनमा गोरखाका ३ युवाको मृत्यु


  • 1.9K
    Shares

    जेनजी आन्दोलनमा गोरखाका ३ युवाको मृत्यु

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा गोरखाका तीन युवाको मृत्यु छ। ३४ भन्दा धेरैको मृत्यु भएकामध्ये गोरखाका तीन जना रहेका छन्।

    बारपाक सुलिकोट- ५ नारेश्वरडाँडाका २२ वर्षका विमल भट्टको संसद भवनअघि गोली लागेर मृत्यु भएको उनका आफन्त सुजन भट्टले बताएका छन्। संसद भवनअघि प्रदर्शनको क्रममा निधार गोली लागेर भट्टको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिएका हुन्।

    त्यसैगरी गण्डकी ४ ढाबेका २३ वर्षका अर्जुन भट्टको पनि सोमबार थापाथलीमा भएको विरोध प्रदर्शनका क्रममा टाउकामा गोली लागेर उनको मृत्यु भएको मृतकका आफन्त तथा वडाध्यक्ष राजु भण्डारीले जानकारी दिएका छन्।

    मंगलबार महाराजगञ्ज प्रहरी चौकीमा प्रदर्शनका क्रममा पालुङ्टार-३ बर्देडाँडाका रमेश पराजुलीको मृत्यु भएको छ। करिब ४० वर्षका पराजुलीको छातीमा प्रहरीको गोली लागेर मृत्यु भएको पत्रकार विनोद श्रेष्ठ क्रान्तिले जानकारी दिएका छन्।
     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १६:५४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij