Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

काठमाडौंको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

काठमाडौंको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी


  • 470
    Shares

    काठमाडौंको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी
    images

    काठमाडौं । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौं उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए ।

    प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन् । 

    काठमाडौंको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौंको सडकमा प्रहरी खटाउन थालेका छौँ ।’

    काठमाडौं उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन् । प्रदर्शनकारीले प्रहरी वृत्त थानकोट, दरबारमार्ग, सातदोबाटो र बानेश्वर लगायतका वृत्तमा आगजनी गरेका थिए । प्रहरीका अधिकांश कार्यालयहरू तोडफोड भएका छन् ।

    भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको भवनमा प्रदर्शनकारीहरूले आक्रमण प्रयास गरेका थिए । २०८१ भदौमा उद्घाटन गरिएको सो भवनचाहिँ प्रहरी कर्मचारीले जोगाएका छन् ।

    सशस्त्र प्रहरीको ट्रक कब्जा गरेर करिब २ सय मानिस ट्रक लिएर काठमाडौं प्रहरीको भवन कब्जा गर्न गएका थिए । तर, सुरक्षा रणनीति प्रयोग गरेर भवन जोगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । उनले भने, ‘हामीले सुरक्षा रणनीति प्रयोग गरेर कार्यालय भवन जोगाएका छौँ ।’

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १६:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij