२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उनले वक्तव्यमा भनेका छन्, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ ।
मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई संयमता अपनाउन उनले अपीलसमेत गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij