Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

बलात्कार मुद्दामै ९ वर्षका लागि जेल परेका सुनार, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास

बलात्कार मुद्दामै ९ वर्षका लागि जेल परेका सुनार, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास


  • 554
    Shares

    बलात्कार मुद्दामै ९ वर्षका लागि जेल परेका सुनार, भागेको भोलिपल्टै अर्को बलात्कार प्रयास
    images

    काठमाडौं । कारागारबाट भागेका एक कैदी भोलिपल्टै फेरि अपराधमा मुछिएका छन् । जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका-१ का ३५ वर्षीय दीपक सुनार फेरि बलात्कारकै प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

    एक महिलालाई बलात्कारको प्रयास गरेपछि स्थानीयले सुनारलाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख तथा एसपी खडकबहादुर खत्रीका अनुसार, स्थानीयले पक्राउ गरेर बुझाएका उनलाई अहिले कारागारमा राखिएको छ ।

    सुनारले दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोप छ । बुधबार खाना खाएर सुतेकी ती महिलालाई सुनारले जबरजस्ती गर्न खोजेका थिए । त्यसपछि ती महिला चिच्याएकी थिइन् । महिला कराएपछि सुनार भागेका थिए । भाग्दै गरेका उनलाई स्थानीयले लखेट्दै केही पर पुर्‍याएर खेतबाट नियन्त्रणमा लिएका थिए । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार कन्चनपुर कारागारमा ४७९ कैदीबन्दी थिए । फरार हुनेमध्ये सुनार पनि थिए। एक महिलालाई बलात्कार गरेको घटनामा उनलाई अदालतले दोषी ठहर गरेको थियो । बलात्कारको कसुरमा सुनारलाई ९ वर्ष कैद सजाय तोकिएको थियो ।

    भागेका उनी फेरि पहिलाकै जस्तो बलात्कार प्रयासको आरोपमा पक्राउ परका हुन् । कारागारबाट भागेकामध्ये अहिले ४५ जना पक्राउ परेर कारागार फिर्ता भइसकेका छन् । 

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १४:४८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij