२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।
असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij