२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ।
आज बिहीबार एक सूचना जारी गर्दै प्रशासनले नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि समय तालिका सार्वजनिक गरेको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचना अनुसार, जिल्लामा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कर्फ्यु लागू हुने भएको छ।
त्यसैगरी, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ भने सो अवधिमा पनि अनावश्यक जमघट र भिडभाड गर्न पाइने छैन। प्रशासनले अत्यावश्यक कामका लागि आवतजावत गर्न निश्चित समय छुट्टाएको छ। जसअनुसार, नागरिकले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्न सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij