Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

नेपाल सुपर लिग : आज दुई खेल हुँदै


  • 12.6K
    Shares

    नेपाल सुपर लिग : आज दुई खेल हुँदै

    काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ । प्लेअफमा पुग्ने दुई टिमको भने टुङ्गो लागिसकेको छ । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ ।

    आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र ललितपुरबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ ।

    विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ ।

    बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ । शनिबार हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

    शीर्ष स्थानमा रहेको धनगढी प्लेअफ पुगिसकेको छ । तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफ खेल्न चाहन्छ ।

    धनगढीले ५ खेलमा १० अंक जोडेको छ । बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १२:३६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij