Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको घर तोडफोड गर्नेको फलोस् फुलोस्: गभर्नर डा. पौडेल

मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको घर तोडफोड गर्नेको फलोस् फुलोस्: गभर्नर डा. पौडेल


  • 820
    Shares

    मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको घर तोडफोड गर्नेको फलोस् फुलोस्: गभर्नर डा. पौडेल
    images

    काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैसेपाटीको घर जलाएर नपुगि वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस भनेका छन् ।

    साथै गभर्नर पौडेलले जिन्दगीमा कसैसँग एक रुपैया नमागेको बताउदै आफु चितवनमा सधै कक्षामा फस्ट भएको र गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक रहेको, आफु नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएको बताएका छन् । 

    उनले भनेका छन-

    यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो । ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ०८:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij