२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेन जी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।
म आजको छलफलबाट बाहिर निस्किसकेँ है, उनले भनेकी छन्, हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।
यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij