Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा, श्रीमतीको स्याहार सुसारमा खनाल

झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा, श्रीमतीको स्याहार सुसारमा खनाल


  • 1.5K
    Shares

    झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा,  श्रीमतीको स्याहार सुसारमा  खनाल
    images

    काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

    हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।

    उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको श्रेष्ठले बताए ।रविलक्ष्मीलाई जिउँदै मारियो भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।

    ‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’ नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १४:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij