Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढ्दो

आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढ्दो


  • 5.0K
    Shares

    आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढ्दो

    काठमाडौँ । आइसीयूमा भर्ना हुने कोरोनाभाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । वैशाख पहिलो साताको तुलनामा यो साता आईसीयूमा भर्ना भएका संक्रमितको संख्या ५५७ प्रतिशतले बढेको देखिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, वैशाख पहिलो साता ७२७ जनाको आईसीयूमा उपचार भएको थियो । त्यो संख्या बढेर यो साता चार हजार ५२ पुगेको छ । शुक्रबार मात्रै ७२८ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ । 

    १ वैशाखमा आईसीयूमा उपचार भइरहेका संक्रमितको संख्या ८० थियो । त्यसको सात दिनपछि ८ वैशाखमा यो संख्या १८० पुगेको थियो । एक सातापछि १५ वैशाखमा ३१७ जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । 

    पछिल्लो एक साता पनि आईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै आएको छ । १८ वैशाखमा ४०१ जना, १९ वैशाखमा ४७७ जना, २० वैशाखमा ५७८ जना, २१ वैशाखमा ६१६ जना, २२ वैशाखमा ६०० जना, २३ वैशाखमा ६५२ जना र २४ वैशाखमा ७२८ जनालाई आईसीयूमा राख्नुपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ। जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा र पाँच हजार ८६० जना अस्पतालमा रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १२:१८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij