Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्च अदालतमा अझै निभेन आगो, आयो महानगरपालिकाको दमकल

सर्वोच्च अदालतमा अझै निभेन आगो, आयो महानगरपालिकाको दमकल


  • 1.0K
    Shares

    सर्वोच्च अदालतमा अझै निभेन आगो, आयो महानगरपालिकाको दमकल

    काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन ।

    आज बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो । जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

    मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको छ ।

     

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ११:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij