Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे

जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे


  • 2.6K
    Shares

    जेनजी भन्छन्ः हामी रवि लामिछानेको रिहाइ स्वीकार्दैनौँ, धमिलो पानीमा माछा मार्न खोजे

    काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ ।

    आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा 'नो रबि' ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । 'हामी रवि लामिछानेका लागि लडेका थिएनौँ', सबु रेग्मीले टिकटक भिडियोमा भनेकी छन्, 'पहिलो कुरा, कुनै पनि जेनजी रवि लामिछानेको पक्षमा छैन, उनीसँगै १५/१६ सय अपराधी जेलबाट निस्केका छन् ।'

    उनीहरूका कारण अरु असुरक्षित भएको रेग्मीको भनाइ छ ।  उनले सबै अपराधी भागेको जिम्मेवारी रास्वपाले लिन्छ ? भनेर प्रश्नसमेत गरेकी छन् । अर्की टिकटक प्रयोगकर्ता मलि शा भन्छिन्, 'जेनजीले दाग लागेका र अपराधी छुटाउन आन्दोलन गरेका होइनन्, हामी लामिछानेको रिहाइ स्वीकार्दैनौँ ।' 

    जेनजी नामको टिकटक ह्याण्डलमा रवि लामिछानेलाई उनकै कार्यकर्ताले मौकाको फाइदा हेरेर छुटाएको लेखिएको छ । यो ह्याण्डलमा पनि लामिछानेको रिहालाई अस्वीकार गरिएको छ । 

    रेथिएस्ट नामका जेनजी युवाले पनि लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । 'रवि लामिछानेलाई जेलबाट निकाल्ने हाम्रो एजेन्डा छँदै थिएनु, उनले भनेका छन्, यो हाम्रो आन्दोलनको दुरुपयोग हो । जेलमा गएर लामिछाने र अरु कैदीलाई निकाल्ने काम रास्वपाका झोलेहरूले गरेका हुन् ।'

    टिकटकमै शसांक शेखरले पनि रवि लामिछानेलाई जेनजीले नछुटाएको बताएका छन् । 'रवि एक अभियुक्त हुन्, उनी जेलबाट फरार भएका हुन्, उनलाई पुनः जेलमा हालिनुपर्छ जेनजीको यो माग हो', निकनेम (मिस्टर पोइट) ले भिडियोमा भनेका छन् । 

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ०८:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij