Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सम्मेलनमा सम्बोधन गर्ने


  • 9.0K
    Shares

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सम्मेलनमा सम्बोधन गर्ने

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ मा हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने तय भएको हो ।

    परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकलअनुसार प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो भिडियो पठाइसकिएको जानकारी दिइन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको रेकर्डेड सम्बोधनको अडियो भिडियो पठाइसकेका छौं’, प्रवक्ता लम्सालले भनिन् । प्रधानमन्त्री ओलीको सम्बोधन उद्घाटनकै दिन राति १ देखि २ बजेबीच आउन सक्नेछ ।

    यो विशेष सम्बोधनमा कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावबारे उल्लेख छ । विशेष महासभामा सम्बोधनका लागि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो ।

    उद्घाटनका दिन अनुभव आदानप्रदान गरिनेछ। दोस्रो दिन कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर पारेको विषयमा छलफल हुनेछ । विशेष महासभामा १ सय ४१ जनाले सम्बोधन गर्नेछन् ।

    त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन् । विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोप र प्रयोगको विषयमा छलफलको कार्यक्रम छ ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १२:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij