Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन

त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन


  • 1.5K
    Shares

    त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी, ठूलो संख्या सेना परिचालन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई रोक्ने प्रयास भइरहेको सुरक्षा स्रोतले बताएका छन् । 

    विमानस्थलमा ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ । विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।

    सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनीसहित तोडफोड गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १८:०४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij