Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

राज्यका तीनवटै अंग जेनजीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी

राज्यका तीनवटै अंग जेनजीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी


  • 519
    Shares

    राज्यका तीनवटै अंग  जेनजीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी
    images

    काठमाडौं । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । 

    व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । 

    सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

     संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

    सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १५:३५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij