२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।
उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।
उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij