२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्रैबाट समाधान निकाल्न अपिल गरेका छन्।
संवाद सचिवालयबाट एक वक्तव्य जारी गर्दै आन्दोलन अराजक र घुसपैठ हुन नदिन पनि आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ- जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर किशोरी र युवा युवतीहरू यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो ।
युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दु:खद एवं निन्दनीय कार्य भएको भन्दे यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत रहेको उनले लेखेका छन् । वक्तव्यमा भनिएको छ- पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रवाट समस्याको निकालियोस् भन्ने चाहना राखि बक्सेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij