२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । सोमवार जेनजी युवाहरुमाथि सरकारले गरेको दमनका विरुद्ध आन्दोलन चर्किने भएपछि सरकारले लगाएको कफ्र्यूका कारण मंगलवार आर्थिक क्षेत्र पूर्णरुपमा ठप्प बनेको छ ।
बैंकहरु बन्द भए भने शेयर बजार पनि चल्न सकेनन् । बैंकर्स संघले कफ्र्यू लगाएका क्षेत्रहरूमा बैंक तथा वित्तिय संस्थाहरु नखोल्न भनेको थियो । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले कफ्र्यू लागू भएको क्षेत्रमा कार्यालयहरू नखोल्ने निर्णय भएको बताए । कार्यकारी निर्देशक शर्माले भने, ‘कफ्र्यू लगाएको क्षेत्रमा कार्यालय खोलिँदैन । सरकारले चल्ने वातावरण बनाउनुप¥यो ।’
यस्तै, नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरेको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।
‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।
त्यस्तै, अन्य निजी क्षेत्रहरूले पनि व्यसायहरु संचालन गरेका छैनन् । सुरक्षाको चुनौती देखिएको भन्दै अहिलेको अवस्थामा व्यवसायहरू संचालन गर्न नसकिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कफ्र्यु आदेश जारी गरेको छ । अघिल्लो दिन जेनजी प्रदर्शनकारीमाथि सरकारले गरेको दमनका कारण १९ युवाको मृत्युपछि आज चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको छ ।
यस्तो अवस्थामा सहज मानसिकताले कारोबार हुन नसक्ने भन्दै लगानीकर्ताले बजार बन्द गर्न माग गरेका थिए । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा भेग तोकेर त्यहाँका जिल्ला प्रशासन कार्यालये कफ्र्यू लगाएपछि मंगलवार नै सरकारी तथा निजी शैक्षिक संस्थापनि ठप्प भए ।
इप्पानद्वारा दमनको निन्दा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सोमवार विरोध प्रदर्शनमा उत्रिएका युवामाथि सरकारले दमन गरी १९ जनाको ज्यान लिएको भन्दै निन्दा गरेको छ । देशभर जेनजीले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले १९ जनाको ज्यान जाने, सयौंको संख्यामा घाइते र अंगभंग हुने गरी गरेको दमनको निन्दा गरेको छ ।
इप्पानले एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘राज्य सञ्चालक र संवैधानिक निकायले सीमित व्यक्तिको स्वार्थमा काम गर्ने, विकास निर्माणका काम वर्षौंसम्म अड्काएर नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, बेथिति र कुशासनका कारण युवापुस्तामा चरम निराशा देखिएको हाम्रो ठहर छ ।’
ऊर्जा क्षेत्र लगायत अन्य क्षेत्रमा राज्यका धेरैजसो निकायबाट निरन्तर प्रहार हुँदा युवा सडकमा आउन बाध्य भएको इप्पानको भनाइ छ । इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ऊर्जा उद्यमीहरुले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको स्मरण गराइएको छ ।
३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणमा सक्रिय इप्पानमा आवद्ध ऊर्जा उद्यमीहरुले राज्यलाई बर्सेनि साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १० अर्बभन्दा बढी कर तिर्दै आएका छन् ।
लाखौंलाई रोजगारी दिइरहेको ऊर्जा क्षेत्रले थप विकासको लागि अर्बौं रकम कर तिर्दै आएको भए पनि राज्यको यस्तो व्यवहार खेदजनक रहेको इप्पानले उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij