२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा मादर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij