२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन भइरहेको छ ।
कर्फ्यु आदेशका बाबजुत पनि देशका धेरै ठाउँमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।
उपत्यकामा चक्रपथभित्र कर्फ्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शन रोकिएको छैन । ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
नेपालटार र शेषमतिस्थित सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij